IME Life New

उन्नति र सहकार्य लघुवित्तको एकिकृत कारोबार असार २६ गतेदेखि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाले असार २६ गतेदेखि एकिकृत कारोबार थाल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले यी दुई लघुवित्त वित्तीय संस्थालाई संयुक्त कारोबारको लागि स्वीकृति प्रदान गरेसँगै एकिकृत कारोबार शरु गर्ने भएका हुन् । अब उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट संयुक्त कारोबार थाल्ने कम्पनीले जनाएको छ ।

दुबै वित्तीय संस्थाको गत पुस १९ गते बसेको साधारण सभाले गाभ्ने तथा गाभिने प्रस्ताव पारित गरेको थियो। नेपाल राष्ट्र बैंकले गत फागुन १८ गते दुई संस्थालाई आपसमा गभिन स्वीकृति प्रदान गरेको थियो भने कम्पनी रजिस्ट्रारको कार्यालयले जेठ १९ गते स्वीकृति प्रदान गरेको थियो।

Esewa
Crest

एकिकृत कारोबार गर्दा दुबै संस्थाको तथ्यांकलाई एउटै सफ्टवेरबाट कारोबार गर्नुपर्ने हुँदा असार २५ गते एक दिन दुबै वित्तीय संस्थाले प्रदान गर्दै आएको सेवा बन्द हुने भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS