काठमाडौं । सनराइज बैंकले बुढानिलकण्ठस्थित वेद विद्याश्रममा खाद्य सामग्री र आर्थिक सहयोगको गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग गरेको छ ।
शनिबार एक कार्यक्रम बीच बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल र बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा २ लाख २५ हजार रुपैयाँ नगदको चेकका साथै पूजासामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीस स्वामी निगमानन्दलाई हस्तान्तरण गरेको हो ।