IME Life New

दशैंका लागि नयाँ नोट आजदेखि साट्न पाइने, सरकारी बैंकका २१ शाखाबाट साट्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले आज आइतबारदेखि दशैंका लागि नयाँ नोट साट्ने ब्यबस्था गरेको छ । केन्द्रीय बैंकले गत वर्षको जस्तै १ जनालाई २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सक्नेछ । सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका कार्यालयहरु तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो।

५, १०, २०, ५० दरका दुई–दुई पाकेट र १०० दरको एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ पाउने। राष्ट्र बैंकले विगतमा जस्तै उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । भने निजी क्षेत्रका बैंकहरुलाई निश्चित रकम मात्र सटही सुविधा दिने छ ।

Esewa
Crest

यस वर्ष राष्ट्र बैंकका कार्यालयबाहेक नेपाल बैंकका न्युरोड, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, लाजिम्पाट र भक्तपुर कार्यालयबाट नयाँ नोट वितरण गरिने छ ।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल, कंलकी र बालाजु शाखाबाट पनि नयाँ नोट साट्न सकिने छ ।

साथै कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS