काठमाडौं । चालु आर्थिक बर्षको १० अवधिमा शोधनान्तर बचतमा रहेको छ । चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा १२० अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब २० करोडले घाटामा रहेको थियो ।
चालु आर्थिक बर्षको बैशाख शोधान्तर स्थिती घाटामा रहेको छ ।यस अवधिमा रु.१०५ अर्ब ७४ करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटारु.२२१ अर्ब ७७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ९६ करोड रहेको चालुखाता घाटा समीक्षा अवधिमा ९४ करोड रहेको छ ।
बैशाख महिनासम्ममा पुँजीगत ट्रान्सफर रु.१२ अर्ब ४९ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१७ अर्ब ४२ करोड रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.९ अर्ब ४७करोड रहेको थियो ।