IME Life New

नेपाल लाईफले अभिकर्तालाई दिएको टार्गेट घटायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई बार्षिक रुपमा व्यवसायको लागि दिँदै आएको टार्गेट यस वर्ष कोरोना महामारीका कारण घटाएकोछ । नेपाल लाईफ इन्स्योरेन्स व्यवस्थापन र पेशागत अभिकर्ता संघबीचको छलफल पछि अभिकर्तालाई दिइदै आएको टार्गेट ५० प्रतिशतले घटाइएको हो । टार्गेट घटाएपछि अभिकर्ताहरु निकै उत्साहसाथ व्यापारमा लागेको पेशागत अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बताए ।

गत जेठ २५ गते भएको छलफलपछि अभिकर्तालाई दिइएको न्यूनतम् टार्गेट ५० प्रतिशतमा झार्ने सहमति भएको पेशागत अभिकर्ता संघका अध्यक्ष तिवारीले बताए । उनले भने, ‘संशोधित टार्गेटपछि साथीहरु उत्साहित हुनुभएको छ, अभिकर्ताहरुले घर, टेलिफोनबाटै टार्गेट पुर्याउन सक्ने गरी घटाइएकोले काम गर्न सजिलो भएको छ ।’

Esewa
Crest

नेपाल लाईफमा कार्यरत अभिकर्ताले बार्षिक रुपमा न्यूनतम १२ लाख ५० हजार पुर्याउन पर्नेमा अब संशोधन गरी छ लाख २५ हजार टार्गेट पुर्याए पुरै सुविधा पाउनेछन् । विभिन्न क्लवहरुमा पुग्नको लागि दिइएको टार्गेटहरु घटाएपछि अभिकर्ताहरु विहानैदेखि बीमा कम्पनीको कार्यालयमा पुगेर काम गर्न थालेका छन् । कतिपयले घरैमा बसेर व्यवसाय अघि बढाइरहेका छन् ।

पछिल्लो समय नेपाल लाईफका अभिकर्ताहरु जागिरे कर्मचारीहरु, जसले बार्षिक रुपमा कर तिर्नुपर्ने हुन्छ, उनीहरुलाई केन्द्रमा राखेर व्यापार व्यवसायमा फोकस भएको पाइएको छ । जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा बार्षिक २५ हजार रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने व्यवस्थाको कारण करबाट जोगिन जीवन बीमा गर्नु एउटा विकल्प हुनसक्ने भएकोले बीमा कम्पनीहरु कर तिर्नुपर्ने कर्मचारीहरुलाई फोकस गरेर सामाजिक सञ्जालमा अभियान चलाउन थालेका छन् ।

कोरोना महामारीका कारण झण्डै तीन महिनादेखि मानिसहरु घर बाहिर निस्कन नपाएको अवस्थाकै बीचमा अबको महिनादिनमा चालु आर्थिक वर्ष समाप्त हुनेछ । असार महिना बीमाको लागि भ्याई नभ्याई हुने महिना समेत हो । बार्षिक बीमा कारोबार ठूलो हिस्सा असार महिनामै हुने हुँदा कम्पनीले समयमै अभिकर्ताहरुलाई उत्साहसाथ बजारमा परिचालन गर्न टार्गेट घटाएर कोरोना महामारीमा राहत दिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS