IME Life New

नेपाल राष्ट्रिय व्यवसायी महासंघद्धारा सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारलाई कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीको नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा बादललाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

महासंघले मन्त्रालयलाई पीपीई सुट ५० थान, थमल गन ५० थान, चश्मा ५० थान, सुज कभर ५० थान, एएस ९५ माक्स एक हजार थान, सर्जिकल माक्स, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

Esewa
Crest

हस्तान्तरण पछि गृहमन्त्री थापाले व्यवसायीहरुका समस्याहरु समाधानका लागि सहजीकरण गर्ने बताए । व्यवसायीहरुको सुरक्षाका लागि सरकारले व्यवस्था मिलाउने गृहमन्त्री थापाले बताए । व्यवसायीहरुले राखेको गुनासोमा पनि गृहमन्त्री थापाले सकेको सहजीकरण गर्न आफू तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS