काठमाडौं । मेगा बैंकले कोरोनाबाट बच्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु खरिदमा ग्राहकहरुलाई विशेष छुटको दिने भएको छ ।
जसका लागि बैंकका ग्राहकहरुले रिचार्जर अनलाइन सपिङबाट स्वास्थ्य सामाग्री खरिद गनुपर्ने हुन्छ । पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रे लगायत विभिन्न सामाग्री खरिदमा मेगा बैंकका ग्राहकहरुलाई छुटको व्यवस्था गरिएको रिचार्जरले जनाएको छ ।रिचार्जरको वेभसाइट तथा मोबाइल एप मार्फत ग्राहकहरुले उक्त सामानहरु अर्डर गर्न सक्नेछन् ।