काठमाडौं । बेस्ट फाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। फाइनान्सले तेस्रो त्रैमासको अवधिसम्ममा ६ करोड ६ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिमा फाइनान्सले ७ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा फाइनान्सको नाफा २२ प्रतिशतले घटेको छ ।
गत वर्ष १० करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सले चालु आर्थिक बर्षमा खुद ब्याज आम्दानी बढाएर १२ करोड ११ लाख रुपैयाँ बनाउन सफल भएको छ ।
त्यस्तै फाइनान्सको सञ्चालन नाफा भने २१ प्रतिशतले घटेर ८ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ । गत बर्षको सोहि अवधिमा फाइनान्सले १० करोड ९२ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा २ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको यस फाइनान्सले १ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ९३ पैसा रहेको छ ।