IME Life New

नागरिक लगानी कोषको बार्षिक साधारण सभा असार २० गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नागरिक लगानी कोषले २५ औ वार्षिक साधारण सभाका लागि असार २० गते डोकेको छ। उक्त सभा कोषको नयाँ भवन, नयाँ बानेश्वर, काठमाडौंमा हुने भएको छ । जेठ २८ गते बसेको कोषको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने र ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिने प्रस्ताव सभामा पारित गर्ने भएको छ। साथै उक्त सभामा गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन उपर छलफल पारित गर्ने बिषयमा छलफल हुने भएको छ । सभा प्रायोजनाको लागि असार १० गते बुक क्लोज भएको थियो । जसका लागि असार नौ गतेसम्म कायक रहेको शेयरधनीहरुले लाभांश र साधारणसभामा भाग लिन पाउने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS