काठमाडौं । सेञ्चुरी बैंकले प्रस्तावित ४ दशमलव ७५ प्रतिशत नगद लाभांशबाट ३ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले बिहीवार एक सूचना जारी गरि लकडाउनका कारण वार्षिक साधारण सभा गर्न नसकेको अवस्थामा शेयरधनीहरुलाई राहत प्रदान गर्ने उदेश्यले अन्तरिम लाभांश वितरण गर्न लागेको जानकारी दिएको छ ।
उक्त कम्पनीले गत चैत १४ गतेका लागि नवौं वार्षिक साधारण सभा बोलाएको थियो । लकडाउनका कारण अर्को सूचना नभएसम्मका लागि सभा भने स्थगित भएको छ । कम्पनीले बाँकि नगद लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गर्ने जनाएको छ।