IME Life New

छिमेक लघुवित्तको बचत तथा ऋण किस्ता अबदेखि इसेवाबाट भुक्तानी गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थामा सदस्यहरूले अबदेखि आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आवद्ध गर्दै लगेको इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा सुरू गरेको हो ।

अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र छिमेक लघुवित्तका तर्फबाट चोलराज शर्मा जोशीले हस्ताक्षर गरे । इसेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यो सँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ ।

Esewa
Crest

लघुवित्तको अनलाइन भुक्तानीबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो ‘ ग्रामिण क्षेत्रमा रहेका लघु उद्यमीहरूलाई लघुवित्त संस्थाहरूले निकै राम्रो सेवा दिइरहेको छ । यस्तो अवस्थामा लघुउद्यमीहरूमा पनि डिजिटल भुक्तानीको सुविधा अत्यावश्यक थियो । हाम्रो सहकार्यले अब लघुउद्यमीहरूलाई अनलाइनबाट भुक्तानी गर्न सहज बनाउनेछ र उहाँहरूले घरबाटै बचत गर्न तथा किस्ता तिर्न सक्नेछन् ’।

आफ्ना सदस्यलाई अनलाइन भुक्तानीको सुविधा दिन सुरू गरिएकोबारे छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले भने ‘अहिलेको डिजिटलाईजेसनको जमानामा क्यासलेस कारोबारका लागि इसेवासँगको सहकार्यले निकै फाइदा पुर्याउनेछ । सदस्यहरूले घरबाटै कारोबार गर्न सक्नेभएपछि उनीहरूको समय र यातायात खर्च पनि बचत हुने भयो । भिडभाडमा जान नपर्ने भएपछि कोरोना जस्ता संक्रात्मक रोगबाट हुने जोखिम पनि न्यूनिकरण हुनेभयो । यस किसिमको डिजिटल भुक्तानीबाट संस्थाको लागत पनि घटाउने भएकाले डिजिटल भुक्तानीले सबैलाई सहज बनाउनेछ ’।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS