IME Life New

सहयोगी विकास बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता शेयर पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंकलाई प्राप्ती गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मंगलबार सम्पन्न पाँचौं विशेष साधारण सभाले सहयोगी विकास बैंक लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१ दशमलव ७५ कित्ता शेयर दिने गरी शेयर मूल्य अनुपात कायम गर्दै प्राप्ती गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको विशेष साधारण सभाले सहयोगी विकास बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको समेत अनुमोदन गरेको छ ।

Esewa
Crest

जनकपुरमा केन्द्रिय कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडको यसअघि जेठ २४ गते, शनिबार सम्पन्न विशेष साधारण सभाले समेत सहयोगी विकास बैंक लिमिटेडलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ ।

यसै आर्थिक वर्ष भित्रमा सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष राजनसिंह भण्डारीले जानकारी दिए।

सहयोगी विकास बैंक प्राप्ति पश्चात बैंकको कुल शाखा १०८ हुनेछ । हाल सिटिजन्स बैंकइन्टरनेसनल लिमिटेडको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS