IME Life New

नेपाल इन्स्योरेन्सको बार्षिक साधारणसभा असार ५ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले यसअघि लकडाउनको कारण स्थगित भएको वार्षिक साधारण सभा असार ५ गते बालाएको छ।

सभाका लागि कम्पनीले कम्पनीको पुरानो भवन कमलादीमा बिहान ११ डाकेको हो । कम्पनीले यसअघि चैत २१ गते बोलाएको साधारण सभा लकडाउनको कारण स्थगित भएको थियो ।

Esewa
Crest

कम्पनीले शेयरधनीहरुलाई न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा सहभागी हुने आग्रह गरेको छ । साथै कम्पनीले भिडियो कन्फरेन्समार्फत पनि सभामा सहभागी हुन सक्ने जानकारी दिएको छ। उक्त सभामा भिडियो कन्फरेन्समार्फत पनि धारणा राख्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ। जसका लागि शेयरधनीले सभा हुनु भन्दा दुई दिन अघि नै कम्पनीमा आफनो नाम टिपाउनुपर्ने हुन्छ ।

कम्पनीले यस सभामा शयरधनीहरुलाई ७ दशमलव ८९ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS