काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। लघुवित्तले उक्त बीमा योजना जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको हो । संस्थाले आफनो सम्पूर्ण कर्मचारीहरुको १ लाख रुपैयाँँसम्म सुरक्षण हुने कोरोना बीमा गराएको हो ।
लघुवित्तले यस बिषम प्रतिकुल र असुरक्षित वातावरणमा पनि सेवामा निरन्तर रुपमा खटिरहेका सम्पूर्ण कर्मचारीहरुके बीमा गरेको हो । उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्ने व्यवस्था रहेको छ ।