काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको छ। बैंकले उक्त प्रतिष्ठानलाई ५८ लाख रुपैयाँ सहयोग गरेको हो ।
उक्त चेक बैंकका सिइओ अनिवार्ण घोष दस्तीदारले प्रतिष्ठानका उपाध्यक्ष नामगेल शेर्पालाई हस्तान्तरण गरेको हो । बैंकले यघि सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरिसकेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ। प्रतिष्ठानले पर्यटनको क्षेत्र, उच्च हिमाली र पहाडी क्षेत्रमन महिला र बालबालिकाहरुको लागि काम गर्दै आएको छ।