काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। फाइनान्सले तेस्रो त्रैमाससम्ममा ९ करोड ३९ लाख नाफा आर्जन गर्न सफल भएको छ। फाइनान्सले गत बर्षको सोहि अवधिमा ९ करोड ६६ लाख नाफा कमाएको थियो । गत बर्षको तुलनामा फाइनान्सको नाफा २ प्रतिशतले कमी हो ।
फाइनान्सले ९ महिनाको अवधिसम्ममा चार अर्ब ९१ करोड निक्षेप संकलन गरेर चार अर्ब ५३ करोड कर्जा प्रवाह गरेको हो । फाइनान्सले चैत मसान्तसम्ममा २० करोड ४१ लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्षको सोहि अवधिमा फाइनान्सले १९ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको थियो ।
गत आवको तेस्रो त्रैमासमा निष्क्रिय कर्जा शून्य दशमलव १९ प्रतिशत रहेकोमा चालू आवको तेस्रो त्रैमासमा बढेर शून्य दशमलव ७० पुगेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ११ पैसा र प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ११ पैसा रहेको छ ।
हाल फाइनान्सको चुक्ता पूँजी ८२ करोड ९० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ करोड ५८ लाख रुपैयाँ संचित रहेको छ।