Connect IPS
IME Life

हिमालयन जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासका वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेको छ । चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा कम्पनीले १० करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले २२ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ९६ करोडबाट घटेर ८४ करोडमा झरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्मममा ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १२ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद नाफा २ दशमलव ११ प्रतिशतले घटेको हो ।

Prabhu
Crest

कम्पनीले चैत मसान्तसम्ममा तीन हजार ९ सय ५८ वटा दाबी वापत २२ करोड ८१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने एक हजार भन्दा बढी दाबी वापतको १ अर्ब ३४ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने २१ करोड ८४ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ५५ करोड ५० लाख रुपैयाँ संचित रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ९६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५।३० रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS