काठमाडौं । नेपाल राष्ट्र बैंकले आफनो सातवटा विभाग तथा कार्यालयको नाम परिर्वत गरेको छ । राष्ट्र बैंकले वुधवार एक सूचना जारी गर्दै ७ वटा विभागको नाम परिवर्तन गरेको जानकारी दिएको हो । साउन १ गतेदेखि लागु हुने गरी गर्भनरस्तरीय निर्णयबाट विभाग र कार्यलयहरुको नाम परिवर्तन गरेको हो ।
केन्दि«य बैंकले सामान्य सेवा विभागको नाम परिवर्तन गरी सम्पति तथा सेवा व्यवस्थापन विभाग राखेको छ भने अनुसन्धान विभागको नाम आर्थिक अनुसान्धान विभाग राखेको छ ।
त्यस्तै, लघुवित्त प्रवद«न तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग राखिएको छ। संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग राखेको छ भने बैंकिङ कार्यालय बैंकिङ विभाग भएको छ ।