काठमाडौं । ।स्वस्तिक लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले चैतसम्ममा ३४ लाख ७० हजार नोक्सानी व्यहोरेको वित्तीय विवरण उल्लेख छ।
संस्थाले चैतसम्म २४ करोड ७६ लाख सापटी र २ करोड ४४ लाख निक्षेप संकलन गरेको छ। संस्थाले २ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी २४ करोड ६८ लाख कर्जा परिचालनबाट २ लाख ९८ हजार खुद ब्याज आम्दानी गरेको छ।लघुवित्तमा निष्कृय कर्जा अनुपात ० दशमलव ६९ प्रतिशत रहेको छ।
संस्थाको चुक्ता पुँजी १ करोड २० लाख रुपैयाँ रहेको छ । संस्थाले साधारण शेयर जारी गरीसकेको छैन।