IME Life

२१ औं एआईआरडिसी सम्मेलन सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं: नेपालमा सञ्चालन भएको २१ औं विकासशिल राष्ट्रहरुको बीमा तथा पुर्नबीमा कम्पनीहरुको सम्मेलन सम्पन्न भएको छ । आगामी २२ औ सम्मेलन सन् २०२० मा घानामा गरिने निर्णय सहित सम्मेलन समाप्त भएको हो ।
सम्मेलनको दोस्रो दिन बीमा कम्पनीहरुको वित्तिय पहुँचको बिषयमा छलफल भएको थियो । त्यस्तै बीमामा प्रविधिको प्रयोग र लघबीमाको बिषयमा छलफल भएको थियो ।

Prabhu
Crest

बीमा कम्पनीहरुको वित्तिय पहुँचको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै एम वेस्टका कार्यकारी अधिकृत डा.रोगर शेल्लीजले एशियन मुलकमा नेपाल लगायत अन्य पाँच वटा मुलुकका कम्पनीहरु जोखम अवस्थामा रहेको बताए । त्यस्तै, अष्टे«लियाका कम्पनीहरु जोखिमरहित रहेको उनले बताए । “जापान र कोरियामा सञ्चालित कम्पनीहरुको जोखिमको अवस्था न्यून रहेको छ । भुटान र भारतका कम्पनीहरु भने ग्रे जोनमा रहेका छन्,” उनले बताए ।

बीमाको पहुँच बढाउन र लागत घटाउँन प्रविधिको प्रयोग आबश्यक 
बीमाको पहुँच बढाउन र लागत घटाउँन प्रविधिको प्रयोग अपरिहार्य भएको बीमा विज्ञ जिम्मी मोलिनियरले बताए । सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै बीमा विज्ञ मोलिनियरले प्रविधिले बीमा योजना जारी गर्न, समयमा दाबी भुक्तानी गर्न, बीमाशुल्क संकलन गर्न सहज, सरल र छरितो हुने बताए । साथै मोलिनियरले कम विकसित राष्ट्रहरुमा प्रविधिको प्रयोग गर्दा अवरोधहरु पनि कम हुने बताए । त्यसैले आगामी दिनमा यस्ता राष्ट्रहरुले प्रविधिको प्रयोगमा फोकस गर्नुपर्ने बताए ।
सोही बिषयमा कार्यपत्र प्रस्तुत गर्दै भारतका कल्पेश डेसाईले बीमा क्षेत्रमा प्रविधिको उचित प्रयोगको लागी बैंकसँग मिलेर काम गर्न सकिने बताए । “बैंकसँग सहकार्य गर्दा बैंकका एटिएम मेशिन लगायतका प्रविधिको प्रयोग गर्न सकिन्छ,” उनले भने ।

सम्मेलनमा लघुबीमा बिषयमा कार्यपत्र प्रस्तुत गर्दै हेनरी पुर्नबीमा कम्पनीमा डिर्क रिनहार्डले लघुबीमा मानिसहरुको लागी जीवन उपयोगी हुने बताए । “तर यसले मानिसलाई गरिबीबाट निकाल्ने हैन, गरिबीबाट बाहिर निस्केका मानिसलाई पुन ः गरिबीमा नजान सहयोगी मद्धत गर्छ,” उनले भने । तर, यसको मुख्य चुनौती भनेको सञ्चालन खर्च अधिक हुनु हो ।
साथै फिलिपिन्सका लोरेन्ज हानले लघुबीमाका लागी विमितहरुको घरघरमा पुग्नु पर्ने भएकाले अन्य बीमाको तुलनामा यो चुनौतीपूर्ण हुने बताए । त्यसैले यस्तो खालको बीमा जारी गर्दा स्थानिय विभिन्न संघ संस्थासँगको सहयोगमा जारी गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा लघुबीमाको सम्भावना अधिक रहेको बताए । तर, यसका चुनौती पनि उत्तिकै रहेको उनले बताए । “यो बीमालेखबाट कम आम्दानी हुन्छ भने सञ्चालन खर्च अधिक हुन्छ, तर पनि हामी सम्भावना खोजीमा लघबीमा जारी गरि रहेका छौ,” उनले भने ।

नेपालमा सञ्चालन भएको एआईआरडिसी सम्मेलनमा १८ वटा मुलुकमा ४ सय भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो । मंगलबार संगठनको सम्पन्न २१ औ साधारण सभाले नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहलाई अध्यक्षमा चयन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS