काठमाडौंः एनबी बैंकले कोरोन, कोभिड–१९ माहामारीको विरुद्ध आफ्ना १००० जनाकर्मचारीहरुलाई रु. १ लाखको बीमालेख प्रदान गरेको छ ।
अहिलेको अप्ठयारो परिस्थितिमा एनबी बैंकले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गराएको हो । उक्त बीमालेख कम्पनीले आफुसँग आवद्ध १००० जना कर्मचारीहरुको आइएई जनरल इन्स्योरेन्सबाट सामुहिक बीमा पोलिसी खरिद गरेको हो ।
बीमा समितिद्वारा कोरोना भाइरस (कोभिड–१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बीमलेख जारी भएपछि एनबी बैंकले आफ्ना कर्मचारीलाई यो सुविधा दिने बिषयमा निर्णय गरेको हो । कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइनेछ ।
यस बीमलेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ ।