–निनाम कुलुङ ‘मंगले’
हाल विश्वका प्रायः सबै देश (२२० मध्ये २१० देश) मा ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) संक्रामक महामारीका फैलिएको छ । यो महामारी (कोभिड–१९) का कारण आजका मितिसम्म विश्वका विभिन्न देशका ४६ लाख ४६ हजार ४०९ जना मानिसहरु बिरामी छन् भने, ती मध्ये १७ लाख ७० हजार ७५१ जना मानिसहरु निको भएर घर फर्केका छन । त्यस्तै ३ लाख ८ हजार ९८४ जना मानिसहरु मरेका छन् भने, ४४ हजार ९६६ जना मानिसहरु अझै पनि सिकिस्त बिरामी छन् । स्मरण रहोस् यो संख्या आजभन्दा १७ दिनअघि (अप्रिल ३०, २०२० मा) को तथ्यांकसँग तुलना गरेर हेर्दा त्यो वेला ३२ लाख ३२ हजार मानिसहरु बिरामी भएका थिए भने, २ लाख २८ हजार ५०० मानिसहरु मरेका थिए । त्यस्तै त्यो वेला बिरामी भएका ३२ लाख ३२ हजार मानिसहरुमध्ये १० लाख ७ हजार ८०० बिरामीहरु निको भएर घर फर्केका थिए भने, त्यो वेला ५९ हजार ७७२ मानिसहरु सिकिस्त बिरामी थिए । यसरी हेर्दा हाल सिकिस्त बिरामीहरुो संख्या एकदमै कम देखिन्छ । त्यो वेला सिकिस्त बिरामीहरुको प्रतिशत ४/५ देखिन्थ्यो भने अहिले २ प्रतिशतमा झरेको छ ।
यसरी सुरुमा चीनबाट पैmलिएको मानिएको ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) को संक्रामक महामारीका कारण जनधनको ठलो र अपरणीय क्षतिमात्रै गरेको छैन, यसले विश्वका धेरै मानिसहरुको रोजीरोटी समते गुमाएको अवस्था छ । ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) कै कारण यसरी अनपेक्षित मानवीय अर्थात् जनधनको अकल्पनीय क्षतिका साथै विश्वभरिकै समग्र अर्थतन्त्र र आर्थिक कारोबार पनि चट ! बनाएको स्थिति छ । यसले गर्दा धेरैको घर–परिवार चलाउन गाह्रो भएको छ, अगेनामा चूला बल्न छाडेको छ । झन् नेपाल जस्तो मानवीय पुँजिको महत्व नबुझेको सरकार र राजनीतिक दलहरुको भीड भएको देशको जनताहरुको हालत के भएको थियो ? तपाईँ–हामी सबैलाई ज्ञातव्य नै छ ।
त्यसैले त नेपालका शासकहरु मानवीय पुँजीको महत्व बुझेर व्यस्थापन गर्नेतिर लाग्नु (राहत वितरण गर्नु) को सट्टा कोही (सम्माननीय राष्ट्रपति) भावनामा नबग्नु ! भनी अर्ति, बुद्धि र उपदेश दिन, हुन्छ । कोही (सम्माननीय प्रधानमन्त्री) ‘सरकारले लकडाउन गरेको तिमीहरुलाई बचाउनकै लागि हो, त्यसैले खान नपाए पनि घरभित्रै चुपचाप बस, कोरोनाको कहरबाट बाँचे खाऊला !’ भन्छ । हुन पनि एक हिसावले हेर्ने हो भने कुरो ठीकै हो, खानलाई त पहिले बाँच्नु पर्यो, नबाँचीकन के खाने ! जे भए तापनि कोरोनाको कहरले विश्वभरिकै उद्योग, कलकारखाना, कृषि, पर्यटन, होटल, बैंक, बीमा, सहकारी, लघु–वित्त, हवाई यातायात, जल यातायात, सडक यातायात लगायत सबै क्षेत्र चौपट बनाएको अवस्था छ । यो बारेमा मैले बढ्तै जानने भएर ! थप केही बताई रहनै पर्दैन ।
नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी र एउटा पुनःजीवन बीमा कम्पनी गरी जम्मा ४० बीमा कम्पनीहरु चालू रहेका छन् । ती मध्ये पनि यहाँ खास चर्चा गर्न लागिएकोचाहिँ कोरोनाको कहरबीच जीवन बीमा एजेन्टहरु कसरी बाँची रहेका छन् ? उनीहरु कोरोनाकोमा के गरेर समय कटाउँदैछन् ? यसरी कोरोनाको कहरले उखरमाउलो गरी रहेको वेला पनि आप्mनो व्यवसाय सूचारु गरेका छन् ? यो वेला कम्पनीले आप्mनो एजेन्टहरुलाई केही न केही (उनीहरुको व्यवसाय र आर्थिक लगायत शारिरीक अवस्था हेरेर) आर्थिक सहयोग हुने गरी प्याकेज ल्याए अझ राम्रो हुन्थ्यो कि ?
हुन पनि सरकारले हाल गठन गरेको ‘कोरोना कोष’मा मात्रै नभएर कुनै पनि विपत्ति र महाविपत्तिहरुमा कनै पनि दानवीर व्यक्ति तथा संघ–संस्थाहरुले सहयोग गर्नु धेरै राम्रो कुरो हो । तर, यसपालि हामीले देख्यौं क, सरकारले गठन गरेको कोरोना कोषमा जम्मा भएको झण्डै साढे २ अर्ब रुपैँया कहाँ गयो ? सो रकम के–कसरी वितरण गरियो ? हुन त एकपटक सरकार प्रमुख (सम्माननीय प्रधानमन्त्री) ले ८० करोडको राहत वितरण भएको बताउनु भएको थियो ।
तर, यो पंक्तिकार तेह्रुथम जिल्लाको साविक सम्दु–७, हाल फेदाप गाउँपालिका–४ को स्थाई वासिन्दा हो । हाल म काठमाण्डौ महानगरपालिको ३१ नम्बर वडाको प्रयाग मार्ग भन्ने टोलमा बस्छु । पहिले ३४ वडा पथ्र्याे । लकडाउनको लगभग यो ५५÷५६ दिनको अवधिमा एक पटक यो टोलको क्लबले १० किलो चामल, एक प्याकेट खाने तेल, आधा किलो चिनी … दियो । अर्को एकपटक वडा कार्यलयले ५ किलो चामल, एक छटक मस्यौरा, एक प्याकेट खाने तेल, ३ सय ग्राम होला चिउरा … दियो । परिवारमा म र दुई (केटाकेटी) छोराछोरी छन् । त्यति खाने कुरोले मेरो परिवारलाई कति दिन खान पुग्यो होला ? त्यसमाथि म मुटु, ब्लडप्रेसर, पिसाब थैली, युरिक एसिड, पायल्स आदि रोगको बिरामी छु । दैनिक ८ वटा औषधि खानुपर्छ । यस्तो अवस्थामा कसरी गुजारा गर्ने ? जवाफ कसले दिने ?
त्यसैले आगामी दिनमा बीमा कम्पनीहरु, सेयर दलाल कम्पनी, लामो दूरीका बस व्यवसायी (गाडीको टिकटिङ गर्ने), घर–जग्गा दलाल लगायत एजेन्ट बिना व्यवसाय राम्रोसँग चल्न–चलाउन नसक्ने हरेक कम्पनीहरुले (कानुनी रुपमा दर्ता नभएका र सरकारबाट ईजाजतपत्र नलिएकाहरुले दर्ता भएर र ईजाजतपत्र लिएर) आप्mना एजेन्ट वा कामदारका लागि यस्तै (कोरोना जस्तै) आपत–विपत र महाविपत्ति आई पर्दा भरथेग आर्थिक रुपमा उद्धार गर्न मिल्ने गरी कोष खडा गर्नुपर्ने देखिन्छ । हुन त अहिले नै पनि केही जीवन बीमा कम्पनीहरुसँग (सँधैभरि कुहिएर बस्ने पैसो ! (जीवन बीमा कोष) रहेको छ । दर्जनौं बीमा कम्पनीहरुमा जीवन बीमा तथा निर्जीवन कम्पनीहरुको पनि बीमा कोषमा राम्रैसँग पैसो त्यत्तिकै बसेको अवस्था देखिन्छ । तर, त्यस्तो रकम ती कम्पनीहरुले कतिखेर र कसरी प्रयोग गर्न मिल्ने हो ? अभिकर्तालाई यसबाट केही सुविधा दिन सकिदैन ? बीमा समिति, नेपाल सरकार लगायतका निकायको ध्यान जाओस् ।