GBIME
IME Life

सघन खेती प्रणाली लागू गरिने, जमिन बाँझो रहन नदिइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले कोरोना महामारीबाट थला परेको अर्थतन्त्रलाई उकास्न सघन खेती प्रणाली लागू गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमार्फत आगामी वर्ष जमिन बाँझो रहन नदिइने र कृषि उत्पादन बृद्धिका लागि सघन खेती प्रणाली लागू गरिने सरकारी योजना घोषणा गरेकी छिन् ।

त्यसको लागि सरकारले तीन रणनीतिमा जोड दिइने राष्ट्रपति भण्डारीले घोषणा गरेकी छिन् । आधुनिकीकरण, यान्त्रिकरण र विशिष्टीकरण नेपाल सरकारको आगामी वर्षको सघन खेती प्रणालीमार्फत कृषि उत्पादन बृद्धि गरिने मुख्य रणनीति रहनेछन् ।

SKYWELL
Crest

सरकारले आगामी वर्ष मौलिक खाद्यान्न, फलफूल, पशुपालनको पञ्जीकरण गरी अनुसन्धान तथा प्रबद्र्धन गरिनेछ । किसानको सूचिकरण गरिनेछ । कृषि तथा कृषि जन्य उद्यमलाई रोजगारमुखी उद्यमको रुपमा विकास गर्नेछ । यसलाई प्रमुख कार्यक्रमको रुपमा देशैभरि विस्तार गरिनेछ । एक स्थानमा एउटै बालीको खेती गरी कृषि उत्पादन बृद्धि गरिनेछ । कृषि उत्पादनको निर्यातमा जोड दिइनेछ । ठूलो परिमाणमा कृषि उत्पादन गर्ने कार्यान्वयनमा ल्याउनेछ ।

सरकारले भूमि उपयोग विहिन रहने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । उपयोग विहिन सार्वजनिक सरकारी जमिनमा फलफूल र अन्य विरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम अभियानका रुपमा लागू गरिनेछ । निजि बाँझो जग्गामा खेती गर्न अभिप्रेरित गरिनेछ । त्यस्तै खेतको आली र बारीका कान्ला समेत उपयोग गरिनेछ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS