काठमाडौं । ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई उपत्यकाका सडकमा जनचेतना जगाउन प्रयोग हुने ट्राफिक पोलहरू हस्तान्तरण गरेको छ । बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई उक्त पोलहरू हस्तान्तरण गरेका हुन् ।
वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकालले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्ते महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख ढकालले बैंकले प्रदान गरेको ट्राफिक पोलहरूले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने बताए ।