काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रकाशन गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार यस त्रैमासमा बैंकको नाफामा उल्लेखनीय सुधार देखिएको छ। बैंकले तेस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ७० रुपैयाँ खुद नाफा कमाएको छ । गत बर्षको सोहि अवधिमा बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा ४४ प्रतिशतले बढेको छ ।
चैतमसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा घटेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अहिलेको वितरणयोग्य नाफा ५१ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैंकको संचालन नाफा ४३ प्रतिशतले घटेर ३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । । बैंकको खुद ब्याज आम्दानी ६३ प्रतिशतले बढेर ६ अर्ब भन्दा माथि रहेको छ ।
तेस्रो त्रैमासको अवधिसम्म्मा आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७ पैसाले घटेर २२ रुपैयाँँ १६ पैसामा सिमित भएको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६५ पैसा रहेको छ ।
“>