IME Life New

कतार च्यारिटिद्धारा थर्मल गन र पीपीई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।कतार च्यारिटीले विश्वभर महामारीको रुप लिएको कोभिड १९ को उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ। च्यारिटीले कोरोना उपचारमा प्रयोग हुने पीपीई ७ सय थान र ज्वरो नाप्ने थर्मल गन १ सय २६ थान सहयोग गरेको हो।

च्यारिटीले उक्त सामग्रीहरु कोरोनाले बढी प्रभावित नेपालका प्रदेश १, प्रदेश २ र प्रदेश ५ का प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको हो। उक्त सामग्री प्रदेश १ को सामाजिक बिकास मन्त्री जीवन घिमिरे मार्फत३ सय स्थान पिपीई सेट र २६ थान थर्मल गन व्यवस्थापन केन्द्र बिराटनगर लाई हस्तान्तरण गरेको हो ।

Esewa
Crest

त्यस्तै, प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादब मार्फत १०० थान पीपीई सेट र ३१ थान थर्मल गन त्यहाँको व्यवस्थापन केन्द्र जनकपुरलाई हस्तान्तरण गरिएको हो। त्यस्तै प्रदेश ५ को लागि ३०० थान पीपीई र ७० थान थर्मल गन त्यहाँको व्यवस्थापन केन्द्र बुटवललाई हस्तान्तरण गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरिरहेको काममा केहि सहयोग पुगोस र बढी प्रभावित क्षेत्रमा काम गर्न सजिलो होस् भन्ने उदेश्यले उक्त स्वास्थ्य सामग्री सहयोग गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS