काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा नाफा बढाएको छ । संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा आफनो नाफा ६ प्रतिशतले बढाएर ३० करोड २७ लाख रुपैयाँ पुराएको छ।
संस्थाले गत बर्षको सोहि अवधिमा २८ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै संस्थाले चैत मसान्तसम्ममा संचालन नाफा गत बर्षको तुलनामा ७ प्रतिशतले बढेर ४८ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ। संस्थाको खुद ब्याज आम्दानी ६ प्रतिशतले बढेर ८१ करोड २८ लाख रुपैयाँ पुगेको छ।
संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सुधारले खुद नाफालाई अघि बढाउन सहयोग पुगेको छ। संस्थाको प्रतिशेयर आम्दानी ५० रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ २६६ रुपैयाँ ०८ पैसा रहेको छ ।