IME Life
GBIME

दिगो बिकासमा कृषिको पुर्वाधार, तथ्याङ्क र अवसरको प्रयोग

SPIL
NIC ASIA new
NLIC

यादव राज उपाध्याय

 कृषिमा पुर्वाधार

Crest

केहि समय पहिला नेपाली समाजमा प्रचलित एउटा उखान प्रचलित थियो उत्तम खेती  मध्यम व्यापार खत्तम जागिर जसबाट के बुझ्न सकिन्छ भने समजका उत्कृष्ट मानिसहरूले अपनाउने पेशा भनेको कृषि मध्यम बुद्धि भएका मानिसहरुले अपनाउने पेशा भनेको ब्यापार र साधरण मानिसहरुको जीवन यापन रोजगारी थियो । तर समयान्तरसँगै उक्त भनाई र गराईमा परिबर्तन आएको छ आजको नेपाली समाजमा कृषि पेशा अपनाउने मानिसलाई हेप्ने दृष्टिकोणले हेर्ने  र निम्न स्तरको पेशाको रूपमा लिन थालिय  । यसको प्रमुख कारण हो कृषि पेशा अंगाल्ने मानिसहरुले आफ्नो आर्थिक स्थिती मजबुद हुन नसक्नु, हाम्रो देशमा बिकासको मेरुदण्डको रुपमा रहेको कृषि,पर्यटन र जलबिधुत सबैभन्दा उपेक्षा गरिएको  क्षेत्र हो कृषि । आखिर देशको आर्थिक र सामाजिक बिकासको मेरुदण्डको रुपमा कृषि क्षेत्र किन सरकारको मुख्य प्राथमिकतामा पर्न सकेन ।

कृषि उत्पादन भनेको औद्योगिक उत्पादनको कच्चा पदार्थ हो । जस्तै चामल मिलको लागि धान कच्चा पदार्थ हो । दाना उद्योगको लागि मकै,भटमास लगायतका कृषि उत्पादन कच्चा पदार्थ  हो । कपडा उद्योगको लागि कवास कच्चा पदार्थ हो । वाइन उद्योगको लागि फलफुल कच्चा पदार्थको रुपमा रहेको हुन्छ । यसको औद्मौगिक बिकासको लागि पनि महत्वपुण पक्ष भनेको कृषि उत्पादन नै हो अब हामिले भौगोलिक भु बनावट र हावापनिको आधारमा सम्बन्धि क्षेत्रलाई कृषिको पकेट क्षत्रको रूपमा बिकास गर्दै र त्यहि अनुसार कृषिको लागि आवश्यक पुर्वधार बिकास गर्नुपर्ने हुन्छ ।

उदाहरणको लागि मनाङ्गमा स्याउ खेती हुन्छ भने त्यहाँ स्याउलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्मोग खोल्नुप¥यो र भण्डारण गृह पनि निर्माण गर्नप¥यो । हुन त मनाङ्गको हकमा यो काकुरा भएको देखिन्छ त्यो पनि निजी क्षेत्रको पहलमा  । मनाङ्गमा भएको बिकास जस्तो कृषि पुर्वाधार अन्य हिमाली जिल्लामा पनि हुनु पर्यो । त्यस्तै गरी उच्च पहाडी क्षेत्रमा हुने उत्पादनहरु आलु,सुन्तला, सिमी लगायतको कृषि लामो समयसम्म सञ्चय गर्नको लागि ति ठाउँहरुमा भण्डारण गृहको निर्माण गर्नुपर्ने देखिन्छ । हालको अवस्थामा अधिकांश पहाडी भु–भागमा वर्षमा कम्तिमा पनि नौ महिना मोटर चल्ने सडकको बिस्तार भएको पाइन्छ । यस्ता सडकहरुलाई स्तर उन्नती गरि बाहृै महिना मोटर चल्ने बनाउनु पर्दछ । हाल हाम्रो देशको पहाडी वा उच्च पहाडी भु–भागमा अवस्थित कृषि योग्य खेत बारीहरुमा पनि बाह्रै महिना खेती लगाउन मिल्ने गरि सिचाइँको सुबिधा पु¥याउनु पर्ने देखिन्छ । यसको लागि सरकारले स्थानिय तह र प्रदेश सरकारको सहयोगमा निजी क्षेत्र, स्थानिय समुदाय र सहकारीको माध्यमबाट कृषिको लागि आवश्यक पुर्वाधारको निर्माण गर्नुपर्ने हुन्छ । जसरी निजी क्षेत्रलाई जलबिद्मत क्षेत्रमा लगानीको लागि अवसर नेपाल सरकारले दिएको छ त्यसरी नै सिचाइँ लगायतका कृषिका पुर्वाधारमा लगानीको अवसर दिनुपर्ने देखिन्छ । यदि मुलुकमा खाद्यान्नमा आत्मनिर्भर हुन सकेमा जस्तोसुकै परिस्थितीमा पनि हामी निर्धक्ककासाथ आर्थिक प्रगतिमा अगाडि बढ्रन सकिन्छ र कठिन र जटिल अवस्थामा बाह्य  मुलुकसँग भर पर्नुपर्दैन ।

हाम्रो लागि अझ महत्वपुर्ण पक्ष भनेको त हाम्रो कृषि उत्पादनहरु अझै पनि अर्गानिक छन् । हाम्रो  जमिनहरु अझै पनि रासायानिक मल धेरै प्रयोग भएको छैन । हामी ब्यवसायिक पशुपालन ब्यवसायलाई प्रर्वधन गरी हाम्रा खेतबारीमा प्राङ्गारीक मलको प्रयोग गर्न सक्छौ । र आफ्नो देशबाट बढि भएको खाद्मान्न कोरोनाबाट आक्रान्त भएका मुलुकहरुमा बिषाधी रहित खाद्मान्नको रुपमा निर्यात गर्न सक्ने सम्भावना देखिन्छ।

ब्यवसायिक कृषि र आधिकारी तथ्याङ्कन

कृषिप्रधान हाम्रो देशमा  करिब ६०% भन्दा बढि मानिसहरु कृषिमा निर्बाह गरिरहेका छन्  भने  देशको कुल ग्राहस्थ उत्पादन जिडिपीमा यस क्षेत्रको योगदान करिब २७% रहेको छ । हाम्रो देशमा अहिले पनि कृषिलाई नै प्रमुख पेशा बनाउने परिवार एकदमै नगन्य रुपमा रहेका छन्। अथात् परिवारका सम्पुण सदस्यहरु नै कृषिमा मात्र निर्भर छैनन्। अधिकांश परिवारका आमा बुबा कृषि कर्ममा आबद्ध हुनुहुन्छ । भने छोरा बुहारीहरुले अन्य पेशा अंगालेका छन् । यसको अर्थ आमाबुबाले कृषिमा आफ्नो सन्तानको उज्वल भविष्य नदेखेको पाइन्छ ।

तर हाल माथि उल्लेखित उखान नेपाली समाजमा नमिलेको देखिन्छ । यसको बिबिध कारणहरु छन् जसमध्ये कृषि पेशा अंगाल्ने मानिसहरुको आर्थिक  स्थिती मजबुध नहुनु । नेपाली समाजमा कृषि पेशामा आबद्ध व्यत्तिहरुलाइ हेपिएको दृष्टिकोणले हेरिनु र अनैतिक कार्य गरेर धेरै मान प्रतिष्ठा दिनु ।पैसासंग मानिसको इज्जत प्रतिष्ठा जोडिनु । अन्य ठाउमा बिकाउ नभएका शिक्षित अशिक्षित मानिसले नै अंगाल्ने पेशा कृषि हो भन्ने मान्यता स्थापित हुनु

अब कुरा गरौ किन नेपालमा ब्यवसायिक कृषि गर्ने अधिकांस मानिसहरु ब्यवसायिक रुपमा सफल हुन सकेका छैनन् अर्थात् आर्थिक रुपमा सम्पन्न हुन सकेका छैनन् ।

कृषि क्षेत्रमा लामो समयदेखि विद्यमान समस्याको रणनीतिक पहिचान पनि हुन नसक्नु अर्थात संरचनागत सुधार हुन नसक्नु नै खास समस्याको जड हो । हाम्रो देशमा कुनै पनि ब्यत्तिले ब्यवसायिक रुपमा कृषि फर्म सुरु गर्दा उत्त ब्यक्तिलाइ त्यस ब्यवसायसगँ सम्बन्धीत बिभिन्न प्रकारका आधिकारीक तथ्याङ्कहरु समेत प्राप्त गर्ने सकिदैन यस्तो आधिकारिक तथ्याङ्क कुन निकायबाट प्राप्त गर्न सकिदैन , अहिले अधिकांश ब्यवसायिक कृषिमा लाग्ने युवाहरु असफल हुनको अर्को मुख्य कारणमा आधिकारीक तथ्याङ्कको अभाब नै मानिन्छ । यस्तो तथ्याङ्क नेपाल सरकारको कुन निकायबाट उपलब्ध गराउने हो भन्नेमा पनि स्पष्ट नहुनु हो । हाम्रो देशमा रहेको कृषि तथा पशुपन्छी बिकास मन्त्रालय अन्तगत अधिकांश जिल्ला सदरमुकाम कृषि ज्ञान केन्द्र र पशु सेवा कार्यलयहरु छन् र प्रत्येक स्थानिय निकायमा पालिका अन्तर्गत कृषि ‘इकाइहरु छन् । तर कृषि तथा पशुपन्छी मन्त्रालय नै आउने बर्षको लागि हामे देशमा न्युनतम कति खाद्मान्न चाहिन्छ भन्ने तथ्याङ्क उपलब्ध छैन । केबल तथ्याङ्क छन् त कति खाद्यान्न उत्पादन भए भन्ने मात्र छ ।

कुनै पनि ब्यक्तिले कुन कृषि ब्यवसाय अपनाउने भन्ने कुराको निस्यौल गर्न आवश्यक पनेर्‘ तथ्याङ्क उसले कसैले पनि पाउन सक्दैन । ब्यवसाय दर्ता गर्ने निकाय घरेलु कार्यलयमा त एकै किसिमको ब्यवसायिक  कृषि फर्म कति दर्ता भएका छन् र ति कृषि फर्मको उत्पादन क्षमता कति रहेको छ । ति उत्पादनहरु उक्त फर्म रहेका सम्बन्धीत पालिका वा जिल्लामा खपत हुन्छ कि हुदैन । उक्त पालिका वा जिल्लामा त्यस्ता कृषि उत्पादनको खपत कति हुन्छ । हाल उक्त किसिमको कृषि उपज त्यस जिल्लामा कहाँबाट आर्पुिर्त भइरहेको छ भन्ने कुराको तथ्याङ्क  नहुनु र आ–आफ्नो जिल्ला वा पालिकालाई कुन कुन कृषि उपजमा  आत्मानिर्भर बनाउने हो भन्ने योजना र तथ्याङ्क कुनै पनि जिल्लासँग वा पालिकासँग नहुनु ।महत्त्वपूर्ण तथ्यांकको अभाब र तथ्यांङक बिश्लेषणको अभावको कारण ब्यबसायिक कृषि गर्न चाहने बर्गलाई थप कठिनाई उत्पन्न भयको छ। त्यसकारण अहिले उत्पन्न भएको कोरोनाको माहामारीबाट देशमा पर्न सक्ने विप्रेषणको कमिलाई परिपुर्ति गर्नको लागि आधिकारीक तथ्याङ्कमा आधारीत रहेर गरिने कृषि नै एक मात्र बिकल्प रहेको देखिन्छ ।

परिवर्तित बिश्व र हाम्रो कृषिमा अबसर

अहिले देखिएको कोरोना भाइरस (कोभिड– १९) को प्रभाबको कारणले रेमिट्यान्स प्रर्बाहामा कमि आउने र बैदेशिक रोजगारबाट धेरै दाजुभाइ तथा दिदीबहिनीहरु आफ्नो देश फिर्ता हुनुपर्ने देखिन्छ । कोरोना महामारीलाइ अबशरको रुपमा बदल्नको लागि छिटो भन्दा छिटो कृषि तथा पशुपन्छी मन्त्रालयले आफ्नो पालिका सम्म रहेका संरचनाको प्रयोग गरेर आफ्नो देशका कृषि क्षेत्रको वास्तविक तथ्याङ्क र कृषि योग्य जमिनको उत्पादकत्व पनि पत्ता लगाउनु पर्छ । अब सरकारले दुइ किसिमको कृषि ब्यबसाय दर्ता गर्नुपर्ने देखिन्छ । पहिलो स्वदेसी बजार लक्षित उत्पादन र दोस्रो बिदेश निर्यात गर्ने कृषि उपज उत्पादन गर्ने ब्यबसाय । केही समय यि दुबै ब्यबसायलाइ सरकारले प्रर्बधन गर्नुपर्ने र गुणस्तरमा ध्यान दिनु पर्ने हुन्छ । बिश्व बजारमा जब हाम्रा अर्गानिक कृषि उत्पादनले प्रभुत्त जमाउन थाल्छ त्यसपछी कृषि ब्यबसाय नै बिदेशी मुद्रा आर्जन गर्ने प्रमुख श्रोत बन्छ । हाम्रो देशका  बिबिध हावापानी र युवा जनशक्तीलाइ हामीले पुजीको रुपमा लिनुपर्ने हुन्छ । कोरोना महामारी पछी बिश्वको आर्थिक केन्द्रको रुपमा दक्षिण पुर्बी एसियाको उदय हुने निश्चित प्राय छ । हाम्रा दुइ छिमेकीको ध्यान औधोगिक बिकासमा केन्द्रीत हुने त्यो बेलामा हामलिे पनि देशको भु बनोटको फाइदा लिदै कृषिमा ब्यापक सुधार गरी कृषि ब्यबसाय र कृषि उद्योगलाई देशको समग्र आर्थिक बिकाशको मेरुदण्डको रुपमा स्थापित गनुपर्छ तसर्थ नेपालको आफ्नै भावनात्मक विशेषतायुक्त र जीवन संस्कृति बनेको कृषि प्रणालीलाई व्यावसायिक बनाई यसको समग्र बिकास गर्नु अहिलेको आवश्यकता हो। यसका लागी हाल देशमा बिकाश हुदै गएको जलविद्युत , देशमा रहेका तथा बिदेशबाट फर्किएका युवा जनशक्ति ,देशको भौगोलिक बिबिधतालाइ पुँजीको रुपमा लिनुपर्छ।

(लेखक: सनराईज बैंक पिङ्गलास्थान शाखा गौशालाका शाखा प्रबन्धक पदमा कार्यरत छन् । प्रस्तुत विचार लेखकको निजि हो, संस्थागत प्रतिनिधित्व गर्दैन ।)

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS