IME Life New

लकडाउन खुकुलोपछि अधिकांश बीमा कम्पनीहरुका शाखा कार्यालय खुले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आजदेखि लकडाउन खुकुलो गर्दै बैंक तथा वित्त कम्पनी तथा बीमा कम्पनीहरुलाई कार्यालय सञ्चालन गर्न दिने निर्णय गरेपछि अधिकांश बीमा कम्पनीका कार्यालय खुलेका छन् । ४० वटै बीमा कम्पनीको केन्द्रीय कार्यालय केही दिनअघिदेखि सञ्चालनमा आएपनि शाखा कार्यालयहरु भने खुलेका थिएनन् । सरकारले पास उपलब्ध गराएर एक तिहाई कर्मचारीबाट सबै सेवा प्रदायकका कार्यालय खोल्ने निर्णय गरेसँगै बीमा कम्पनीका अधिकांश शाखा कार्यालयहरु सञ्चालनमा आएका हन् । बीमा कम्पनीहरुले उपत्यकाका तीन वटै जिल्ला र राजधानी बाहिर रहेका शाखा कार्यालयहरु सञ्चालन गरेका हुन् ।

राजधानी काठमाडौंका केही शाखा कार्यालय पास अभावको कारण खोल्न नसकेको भएपनि बीमा समितिले सबैलाई पास उपलब्ध गराएर आइतबारदेखि शतप्रतिशत कार्यालय खोल्ने तयारी गरिएको छ । बीमा कम्पनीहरुलाई पास उपलब्ध गराउने सम्बन्धमा बीमा समितिले आजै ठोस निर्णय गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS