IME Life New

सुर्या लाइफद्वारा विराटनगरमा राहत अभियान संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी महामारी कोरोना (कोभिड (१९) को संक्रमणका कारण लकडाउन भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीका बिराटनगर शाखाद्वारा उक्त क्षेत्र एवं आसपासका क्षेत्रहरूमा राहत अभियान संचालन गरेको छ ।

सो अन्तर्गत राहत अभियानको १७ औ दिन सम्म ३९०० केजी चामल एवं १५०० भन्दा बढी व्यक्तिहरुलाई खाना वितरण गरि सकेको कम्पनीका बिराटनगर शाखाकाका शाखा प्रमुख अमित कर्णले बताए । राहत अभियान अन्तर्गत विपन्न एवं भोका व्यक्तिहरुलाई खाद्यान्न , माक्स वितरणका साथै आउन नसक्ने व्यक्तिहरुको घरमै जानुका साथै प्रहरी एवंस्वयंसेवकहरूलाई खाजा स्वरुप चाउचाउ, पानी , बिस्कुट एवं पन्जा वितरण गरेको कम्पनीले जनाएको छ।

Esewa
Crest

उक्त राहत अभियानमा मिशन नेपालकी अध्यक्ष मिना शाहीद्वारा खाना बनाउने कार्यमा संयोजनका साथै पकाउन एवं भण्डारणका लागि कोठा उपलब्ध गराएकी छिन् । यस अभियानमा विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आइरहेको साथै त्यस्ता व्यक्तिहरुको जानकारी ,सहयोग एवं सहकार्यका लागि ९८६३०२१४३५ मा सम्पर्क गर्न सकिने कुरा शाखा प्रमुख अमित कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS