काठमाडौं । मेगा बैंकका ग्राहकहरुले दराजडटकमबाट सामान खरिद गर्दा बिशेष छुट पाउने भएका छन् । लकडाउको बिषम परिस्थितीलाई मध्यनजर गर्दै बैंकले दराजडटकम बीच बैंकका ग्राहकहरुलाई सहज र सरल रुपमा घरमै बसेर सामान पुराउने सम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दराजबाट सामान खरिदमा १० प्रतिशत छुट पाउने छन् । सम्झौता अनुसार दराज डटकमको वेवसाइट तथा मोबाइल एप मार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न व्यवस्था रहेको छ।