IME Life New

नेशनल लाईफको बीमा शुल्क तीन डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कारोना महामारीको कारण मानिसहरु घरभित्रै थुनिएको बेला नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई बीमा शुल्क भुक्तानीको लागि थप सजिलो बनाएको छ ।

तीन वटा विद्युतीय भुक्तानीका माध्यमहरु इ–सेवा, फोन पे र कनेक्ट आईपिएसमार्फत बीमितहरुले प्रिमियम भुक्तानी गर्न सक्नेछन् । इसेवा र फोन पेसँग सम्झौता भएर कारोबार सुरु भइसकेको छ भने कनेक्ट आईपिएसमार्फत पनि बीमा शुल्क भुक्तानी गर्ने व्यवस्थाका लागि काम अघि बढिसकेको छ र छिट्टै सुचारु हुने कम्पनीले जनाएको छ ।

Crest

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लकडाउनका बेलामा पनि एक करोड ८४ लाख रुपैया म्याचुरिटी दाबी भुक्तानी गरिसकेको छ । लकडाउनमा डिजिटल कार्यालय सञ्चालन गरेको कम्पनीले टेलिफोन तथा इमेलबाटै दैनिक कार्य सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS