IME Life New

आशा लघुवित्तको नाफा बढ्यो, अन्य सूचक कस्तो?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वनजिक गरेको छ । संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत बर्षको सोहि अवधिमा १ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा १ सय प्रतिशतले बढेको छ ।

साथै, तेस्रो त्रैमासिक सम्ममा संस्थाको संचालन नोक्सान ७२ लाख ३६ हजार रुपैयाँ रहेको छ ।संस्थाको खुद ब्याज आम्दानी ७ करोड ८१ लाख रुपैयाँबाट बढेर १० करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

Esewa
Crest

त्यस्तै, संस्थाले चैत मसान्ससम्मको अवधिमा ७३ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने २ अर्ब २६ करोड रुपैयाँ कर्जामा लगानी गरेको छ । संस्थाको हालको चुक्ता पुँजी २३ करोड २२ लाख रुपैयाँ रहेको छने रिजर्भ कोषमा ६ करोड ४९ लाख रुपैयाँ संचित रहेको छ।
संस्थाको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ १५ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS