Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सको खुद नाफा बढ्यो, नौ महिनामा ४३ करोड बीमा शुल्क आर्जन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी इन्स्योरेन्स कम्पनी निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा पहिलो वित्तिय विवरण सार्वजनिक गर्ने कम्पनी भएको छ ।

तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले खुद बीमाशुल्क आर्जन बढाएको छ । चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा कम्पनीले ४३ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ३८ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको तेस्रो  त्रैमासको अवधिसम्मममा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद नाफा २ दशमलव ६३ प्रतिशतले बढाउन सफल भएको हो ।

कम्पनीले चैत मसान्तसम्ममा १७ करोड ७४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने ९३ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने ३६ करोड ५० लाख रुपैयाँबाट घटेर ३४ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४।८६ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS