IME Life New

निर्जिवन बीमा कम्पनीहरुले नौ महिनामा आर्जन गरे १९ अर्ब बीमाशुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १९ वटा निर्जिवन बीमा कम्पनीहरुले चैत महिनाको अन्त्य सम्ममा १९ अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्कमा समावेश गरेको छैन । सो तथ्याङ्क समेत गर्दा करिब २० अर्ब पुग्ने अनुमान छ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा दुई अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा एक अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ५० करोड रुपैयाँ, एनलजी इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्स एक अर्ब ३० करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले एक अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा आइएमई जनरल इन्स्योरेन्सले ९९ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ८७ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ४२ करोड रुपैयाँ, हिमालयन जनरलले ८६ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ८६ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ८३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, ओरियन्टल इन्स्योरेन्स कम्पनीले ७९ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६१ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ७४ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ६१ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ५६ करोड रुपैयाँ, र सानिमा जनरल इन्स्योरेन्सले २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS