Connect IPS
IME Life

चैत्र मसान्तसम्म १९ जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ६३ अर्बमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७६।०७७ को चैत मसान्तसम्ममा कुल बीमाशुल्क आर्जन ६३ अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले बीमा समितिलाई बुझाएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ९ महिनामा सो रकम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

आर्थिक बर्ष २०७६।०७७ को चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क मार्फत २१ अर्ब २२ करोड रुपैयाँ, नविकरण बीमाशुल्क आर्जनबाट ४१ अर्ब ३ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्क आर्जनबाट १ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । सबै रकम गरेर ६३ अर्ब पुगेको हो ।

Prabhu
Crest

बीमा समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुमध्ये तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा १८ अर्ब ७0 करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेका छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा १० अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा ६ अर्ब ५० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । चौथोमा नेशनल लाइफ इन्स्योरेन्सले ५ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नयाँमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नयाँ कम्पनी भएपनि पूराना कम्पनीहरुलाई उछिन्दै कम्पनीले चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब १९ करोड रुपैयाँको बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी, एशियन लाइफले ३ अर्ब १० करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब २१ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ७५ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ४० करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ३७ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब २७ करोड रुपैयाँ, रिलायबल लाइफले १ अर्ब २५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

ज्योति लाइफले १ अर्ब १४ करोड रुपैयाँ, आइएमई लाइफले ८८ करोड रुपैयाँ सन नेपाल लाइफले ८५ करोड रुपैयाँ, रिलायन्स लाइफले ७३ करोड रुपैयाँ, प्रभु लाइफले ५७ करोड रुपैयाँ, सानिमा लाइफले ५७ करोड रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source : Beema Samiti

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS