Connect IPS
IME Life

कोरोना बीमाको कारोबार करोड नाघ्यो, २१ हजार जनाको बीमा पोलिसी जारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध सुरु गरिएको कोरोना बीमाको कारोबार एक करोड नाघेको छ । एक सातामै कोरोना बीमाको कारोबार एक करोड नाघेको हो । न्यून आय भएकाहरुलाई समेत समेट्ने ल्याइएको कोरोना बीमा (कोभिड–१९) पोलिसी मार्फत निर्जिवन बीमा कम्पनीहरुले करोड भन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेको २० वटा निर्जिवन बीमा कम्पनीहरुले उक्त रकम बराबरको प्रिमियम भित्रयाएको हो ।

नेपाल बीमंक संघको तथ्याङ्क अनुसार ११ दिनसम्म निर्जिवन बीमा कम्पनीहरुले १ हजार ६ सय ४४ वटा कोरोना बीमा पोलिसी बिक्रि गरिसकेको छ । हालसम्म २१ हजार ६ सय ३० जना बीमितको रक्षावरण गरिएको बीमक संघले जनाएको छ ।

Prabhu
Crest

अधिकांश बैंक, कर्पोरेट कम्पनी र अस्पतालहरुले आफनो कर्मचारीको सामूहिक रुपमा बीमा गराएका छन् । कोरोना बीमाप्रति बीमितहरुको आकर्षण बढ्दै गएको कम्पनीका अधिकारीहरुको भनाई छ ।

बीमा समितिले बीमा योजना औपचारिक रुपमा सुरुवात गरेको दुई साता नबित्दै बीमा कम्पनीहरुले एक अर्ब माथिको बीमा शुल्क भित्रयाईसकेको छ । समितिबाट कर्मचारीहरुको सामुहिक रुपमा कोरोना बीमा लिएर सुरुवात गरेको यस बीमा योजनामा सामुहिक रुपमा बीमा गराउने क्रम बढ्दै गएको देखिन्छ ।

समितिले यस बीमा योजनाको लागि निर्जिवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेरै अभियानमा रुपमा बीमा योजना अघि बढाउन निर्देशन दिए अनुसार बीमा कम्पनीहरु परिचालिन भएपछि बीमाको कारोबार तीव्र भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS