काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न बचत खाताको प्रदान गर्दै आएको ब्याजदर घटाएको छ।
बैंकले मुद्धती निक्षेपमा व्यक्तिगत ८ दशमलव २५ र संस्थागत तर्फ ७ प्रतिशत ब्याज दिने जनाएको छ । त्यस्तै सार्वजनिक गरेको नयाँ ब्याजदरका अनुसार बैंकको सबैभन्दा बढीमा ५ दशमलव ५ प्रतिशत र सबैभन्दा कम ३ दशमलव ५ प्रतिशत ब्याज रहेको छ।