IME Life New

वैशाख २८ गते देखि शेयर कारोबार खोल्ने पक्षमा छौः नेप्से प्रमुख साउद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लकडाउनसँगै कारोबार बन्द रहेको नेप्सेको कारोबार आगामी बैशाख २८ गतेदेखि खुल्ला गर्ने प्रयास नेप्से लागेको छ । सुरुमा कारोबार भन्द नगरेको भन्दै कोकोहोलो गर्नेहरु नै अहिले कारोबार खोल्नुपर्दछ भन्दै सामाजिक सञ्जालमा अभियान चलाउन थालेपछि नेप्सेले लकडाउन जारी रहेपनि बैशाख २८ गतेबाट कारोबार सुरु गर्ने तयारी गरेको हो ।

लामो समय बजार बन्द भएपछि कारोबार खुल्ला गर्ने प्रयास गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्दद्र सिंह साउदले बताए । वैशाख २५ गतेको लकडाउनपछि शेयर बजार खोल्ने पक्षमा आफू रहेको साउदले बताएका छन् ।

Esewa
Crest

वुधवार इन्स्योरेन्स खबरले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा साउदले लकडाउनको अवधिमा पनि बजार कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेका जानकारी दिदै अब वैशाख २५ पछि बजार खोल्नुपर्ने पक्षमा रही अघि बढेको बताए । नेपालको सन्दर्भमा शेयर बजार सञ्चालनका लागि विजनेश कन्टिन्यूटीको प्लान, डिजास्टर रिकभरीको प्लान र आइटी पोलिसी आवश्यक रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत साउदले आईटी पोलिसी सञ्चालक समितिबाट पास गरेर नेपाल धितोपत्र बोर्डमा पेश गरेका जानकारी समेत दिए ।

नेप्सेको अनलाईन कारोबार प्रणाली आफैमा पूर्ण भएको बताउँदै उनले लगानीकर्ताहरुनै यसप्रति आकर्षित नभएकोमा दुख व्यक्त गरे । बजारमा उल्लेख्य कारोबार भएको दिन ४५ प्रतिशत भन्दा बढी कारोबार अनलाईन मार्फत भएको जानकारी गराउँदै उनले यस प्रणालीको थप विकास र विस्तारमा नेप्से निरन्तर लागेको बताए ।नेप्सेले बैशाख २५ गतेसम्म कारोबार बन्द गर्ने निर्णय यसअघि नै गरिसकेकाले कारोबार खुल्ला भएको अवस्थामा बैशाख २८ गतेबाट मात्रै खुल्ला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS