Connect IPS
IME Life

कोरोना बीमा नेपालको बीमा कम्पनीहरुले जोखिम वहन गर्न सक्ने अवस्था हेरेर ल्याएका हौः चिरञ्जीवी चाँपागाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महामारी रुपमा फैलिरहेको कोभिड–१९ बीमालेख सार्वजनिक गरेको भन्दै आलोचना बढिरहेको छ । अन्तराष्ट्रिय अभ्यासमा समेत महामारीको जोखिम वहन बीमा कम्पनीहरुले नगरेको अवस्थामा बीमा समितिले कोरोना बीमा योजना ल्याएको भन्दै आलोचकहरुले आलोचना गर्दै आएका छन् ।

इन्स्योरेन्स खवरले आयोजना गरेको भर्चुअल कन्फ्रेरेन्समा बीमा समितिका अध्यक्ष्य चिरञ्जीवी चाँपागाईले नेपाली बीमा कम्पनीहरुले वहन गर्न सक्ने जोखिमको आधारमा नै एक लाख र ५० हजार रुपैयाँ रक्षावरण गर्ने सक्ने बीमा पोसिली ल्याएको बताएका छन् । अध्यक्ष्य चाँपागाईले निम्न आय भएकाहरुलाई समेत समेट्ने गरी नेपालका बीमा कम्पनीहरुले वहन गर्न सक्ने जोखिमलाई हेरेर नै यस बीमालेख जारी गरेको जानकारी दिए ।

Prabhu
Crest

विदेशी पुनर्बीमा कम्पनीहरुले कोरोना बीमाको रक्षावरण नगर्ने भएको कारणले गर्दा हाम्रो आफनौ क्षमताको आधारामा बीमा सुरु गरेका हौ । कोरोना बीमा सुरु नगरेको भए बीमा समितिले यस्तो अवस्थामा केहि गर्न सकेन भन्ने प्रश्न चिन्ह्र खडा हुन्थ्यो ? अध्यक्ष चापागाँईले भने, ‘आलोचनाका वावजुद पनि कोरोना बीमाले एक सातामा उपल्बधी हासील गरिसकेको अवस्था छ । फागुन मसान्तसम्मको आँकडा हेर्ने हो भने जीवन बीमा कम्पनीहरुले ८० अर्ब रुपैयाँ र निर्जिवन बीमा कम्पनीहरुले १८ अर्ब रुपैयाँ संकलन गरिसकेको अवस्था छ । त्यस्तै चालु आर्थिक बर्षको अन्त्यसम्ममा जीवन बीमा तर्फ ८० अर्ब र निर्जिवन बीमा तर्फबाट २५ अर्ब रुपैयाँ बीमाशुल्क संंकलन गर्ने हाम्रो लक्ष्य रहेको छ ।’

बीमा विज्ञ रविन्द घिमिरेले सम्रग अर्थतन्त्रमा कोरोनाले असर गरेको र यसले बीमा क्षेत्रलाई पनि प्रत्यक्ष रुपमा असर पार्ने बताएका छन् । उनले राष्ट्र बैंकले ल्याएको राहत प्याकेज सरी नै बीमा समितिले पनि बीमा कम्पनीहरुको लागि राहत प्याकेज ल्याउनु जरुरी रहेको बताए । समग्र अर्थतन्त्रमा परेको असरको कारण प्रतिव्यक्ति आयमा ह्रास आउने हुँदा बीमितले प्रिमियम तिर्न नसक्ने स्थिती समेत सृजन हुन सक्ने जानकारी दिएका छन् । जसको कारणले गर्दा बीमा पोलिसी ल्याप्स हुने अवस्था समेत आउने सक्ने हुँदा बीमा समितिले यस बिषयमा बिशेष ध्यान दिनु जरुरी रहेको र यसको लागि छुटै रणनिति बनाउनुपर्ने कुरामा जोड दिए ।

नेपाल बीमक संघका अध्यक्ष्य दिप प्रकाश पाण्डेले लकडाउनको वावजुद पनि बीमितहरुको सुविधामा कमी हुन नदिन बीमा कम्पनीहरुले आफनो क्षेत्रबाट कार्य सञ्चालन गरिहरेको बताएका छन् । यस्तो अवस्थालाई मध्यनजर गरेर बीमा समितिले ल्याएको निर्देशिका बमोजिम नै बीमा कम्पनीहरुले बीमीतहरुलाई सेवा सुविधा प्रदान उनले बताए ।
अहिलेको अवस्थामा विशेषतः कृषि बीमा र स्वास्थ्य बीमा मार्फत दावी आइरहेको उनले बताए । मोटर बीमाको हकमा लकडाउनको अवधिभर सवारी साधन प्रयोगमा नआएका कारण मोटर बीमा नभएको र दाबी समेत नपरेको बताए ।

आठ दिनको अवधिसम्ममा १३ हजार भन्दा बढी बीमित कोरोना बीमाको दायरामा आइसकेको अवस्था छ । हामीले यस बिषम परिस्थितीलाई मध्यनजर गरेर यस बीमा योजना ल्याएका छौ । कम्पनीको फाईदाको लागि ल्याएका हैंनौ र यस बीमा योजनालाई हामी नाफा कमाउने आधारमा अघि बढ्न दिने छैनौं । सबै वर्गलाई समेट्ने हेतुले ल्याएका हुँदा यसको दायरा बढाउनको लागि बरु हामी प्रिमियम घटाउन समेत आवश्यक छलफल परे अघि बढाउने अवस्थामा लाग्छौ उनले भने ।

जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले जीवन बीमा कम्पनीहरुको हकमा नयाँ पोलिसी बिक्रि गर्न नसकेको अवस्था रहेको र पुराना बीमा पोलिसीको माध्यम मार्फत नविकरणको काम भईरहेको बताए ।
जीवन बीमा कम्पनी बिशेष एजेन्सीको आधारमा अघि बढ्ने भएको कारण लकडाउनको कारण हाम्रो व्यवसायमा ठूलो असर परेको छ । सरकारले कोरोनाको संक्रमण रोकथामको लागि लकडाउन बढाउने क्रमजारी राखेको छ । कहिलेसम्म लकडाउन लम्बिन्छ भन्ने एकिनका साथ भन्ने अवस्था पनि नरहेको हुँदा हाललाई अनलाईन मार्फत नै जीवन बीमा कम्पनीहरुले आफनो कार्यसम्पादन गरिरहेको उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS