Connect IPS
IME Life

४० अर्बको बीमालेख धितो कर्जाका ऋणीले जरिवना छुट पाएनन्

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बीमा क्षेत्रमा प्रवाह भएको ४० अर्ब रुपैयाँ बीमालेख धितो कर्जाका ऋणीहरुले कोरोना महामारीमा कुनै सहुलियत पाएका छैनन् । कोरोना महामारीका कारण नेपालका धेरैजसो ऋणीहरुले ब्याज तिर्ने समय र जरिवना मिनाहा पाएको भएपनि नेपाली बीमा क्षेत्रबाट प्रवाह भएको करिब ४० अर्ब रुपैयाँ बीमालेख धितो कर्जाका ऋणीहरुले त्यस्तो सुविधा नपाएका हुन् ।

१८ वटा नेपालमा दर्ता भएको र एक वटा विदेशी कम्पनीको नेपालस्थित शाखा कार्यालयले जारी गरेको जीवन बीमा पोलिसी सम्बन्धीत बीमा कम्पनीमा धितो राखी ऋण लिन पाइन्छ । गत पुस मसान्तसम्मको तथ्याङ्क अनुसार १९ वटा कम्पनीबाट ३९ अर्ब ६० करोड ७८ लाख ९५ हजार रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह भएको छ ।

Prabhu
Crest

बीमितले लिएको सो कर्जा उपयोग गरे बापत प्रत्येक तीन–तीन (कम्पनी अनुसार छ–छ महिना पनि छ) महिनामा बीमा कम्पनीलाई ब्याज बुझाउनुपर्दछ । समयमा ब्याज नबुझाउँदा कम्पनी अनुसार १० प्रतिशत सम्म जरिवना तिर्नुपर्नेछ । कतिपय बीमा कम्पनीहरुले सिधैं जरिवना भनेका छैनन्, निश्चित समयसम्म ब्याज नतिरेमा स्वतः पुँजिमा गाभिने व्यवस्था गरेका छन् । पुँजिमा गाभिने अवस्थामा ऋणीहरु स्वतः ब्याजदर बराबर जरिवनामा पर्दछन् ।

लकडाउनका कारण बीमितहरु ब्याज तिर्न जाने अवस्था छैन । सबै क्षेत्रका ऋणीले छुट पाउँदा बीमा पोलिसी धितोमा लिइएको ऋणमा समेत छुट पाउनुपर्ने बीमितहरुको माग छ ।

बीमालेख पोलिसी धितोमा सबैभन्दा धेरै कर्जा नेपाल लाईफबाट प्रवाह भएको छ । सो कम्पनीबाट मात्रै १५ अर्ब भन्दा बढि कर्जा प्रवाह भएको छ भने एलआईसी नेपालबाट झण्डै १२ अर्ब कर्जा प्रवाह भएको छ । त्यस्तै नेशनल लाईफबाट चार अर्ब भन्दा बढि कर्जा प्रवाह भएको छ भने एशियन लाईफबाट झण्डै दुई अर्ब, राष्ट्रिय बीमा संस्थानबाट डेढ अर्बभन्दा बढि कर्जा प्रवाह भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS