IME Life New

जोखिम व्यवस्थापन तथा बीमा सम्बन्धि ६ दिने कार्यशाला सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कार्यशाला आयोजनामा सहयोग गर्ने कम्पनीहरुको प्रतिबद्धता
काठमाडौ । जोखिम व्यवस्थापन तथा बीमा सम्ब्न्धि ६ दिने कार्यशाला सम्पन्न भएको छ । स्कुल अफ म्याथम्याटिकल साईन्स त्रिभुवन विश्वविद्यालय तथा स्कुल अफ बिजनेश पोखरा विश्वविद्यालयको आयोजनामा गत सोमबार देखि सुरु भएको कार्यशाल शनिबार सम्पन्न भएको हो ।

कार्यशालाको समापन कार्यक्रममा बोल्दै बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा. फत्त बहादुर केसीले नेपालमा बीमा बिषयमा हुने यस्ता छलफल र बहसले बीमा क्षेत्रमको स्तरउन्नतीमा सहयोग पुग्ने बताए । त्यस्तै, कार्यक्रमा बोल्दै बीमक संघका कार्यवाहक अध्यक्ष एवम् नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले यस्तो कार्यक्रम आयोजना गरेको आयोजना धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमको आयोजन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिवेक झाले यस्ता खालका कार्यक्रमा सञ्चालनमा कम्पनीबाट आर्थिक सहयोग प्रदान गर्न प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा स्कुल अफ बिजनेश पोखरा विश्वविद्यालय निर्देशक रविन्द्र घिमिरे नेपालमा बीमा बिषयलाई छुट्टै संकायको रुपमा स्थापित गर्न यस्ता खालको छलफलको आवश्यकता रहेको औल्याए । बीमा बिषयमा छुट्टै संकायको रुपमा विकास गर्न सके बीमा कम्पनीमा देखिएको दक्ष जनशक्तिको अभावलाई पनि हटाउँन सकिने उनले जानकारी दिए ।

स्कुल अफ म्याथम्याटिकल साईन्सको निर्देशक प्रकाश मणि बज्राचार्यले पनि आगामी दिनमा बीमा उद्योग तथा सरोकारवाला निकायको सहयोगमा भने यस्ता खालका कार्यक्रमा आयोजना गर्न सकिने बताए ।
कार्यशालमा बीमा सम्बन्धी अध्यापन गराउँदै आएका अध्यापक, बीमा कम्पनीका कर्मचारी तथा अन्य सरोकारवाहरुको सहभागीता रहेको थियो । त्यस्तै, कार्यशाला बीमा क्षेत्रका अनुभवी तथा विज्ञहरुले प्रशिक्षण दिएका थिए । कार्यक्रमा सहभागी अतिथिहरुलाई खादा ओढाई मायाको चिनो प्रदान गरिएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS