IME Life New

सिटिजन्स बैंक १४औं वर्षमा प्रवेश, नयाँ निक्षेप योजना संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल १४ वर्षमा प्रवेश गरेको छ। कोरोना भाइरसले विश्वनै आक्रान्त भइरहेका बेला बैंकले वार्षिकोत्सव भर्चुअली मनाएको जनाइएको छ ।

बैंकले १३ वर्षको अवधिमा पाएको उपलब्धी तथा वित्तीय सुचकांक समावेश गरेर तयार पारेको प्रस्तुती बैंकको वेवसाइट र फेसबुकमा राखेको छ। बैंकका कर्मचारीको लेखरचनासहितको पुस्तक बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले लोकार्पण गरे। बैंकले सोही अवसर पारेर सिटिजन्स एक्स्ट्रा फिक्स्ड डिपोजिट निक्षेप योजना समेत ल्याएको छ।

Esewa
Crest

बैंकले संचालनमा ल्याएको यस खाता एक लाख रुपैयाँ न्यूनतम मौज्दातमा खोल्न सकिने तथा तीन महिनादेखि १० वर्षको अवधि हुनुपर्नेछ। यो खातामा निक्षेप राख्ने ग्राहकले ८ दशमलब २५ प्रतिशत ब्याज पाउने जनाइएको छ ।

यो ब्याजमा समेत शाखा प्रवन्धकले शुन्य दशमलब ५० प्रतिशत थप गर्न सक्नेछन्। बैंकले यो योजना अन्तर्गत मुद्धति खाता खोल्ने ग्राहकले खाताबाट आर्जित ब्याज पनि ८ दशमलब २५ प्रतिशतनै पाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS