SKIP THIS

National Insurance
IME Life

राष्ट्र बैंकको निर्देशन बैंकहरुद्वारा अबज्ञा, लकडाउनमा ऋण तिर्नेलाई छुट दिन आनाकानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थाहरुलाई कोरोना भाइरसका कारण ऋणको सावाँ वा ब्याज नमाग्न र चैत्र मसान्तको ब्याज असार मसान्तसम्म भुक्तानी गर्न पाउने छुट दिने निर्णय गर्यो । साथै अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउनकै अवधीमा ऋणको ब्याज तिर्नेलाई १० प्रतिशत छुट दिने निर्णय समेत गर्यो ।

केन्द्रीय बैंकले दिएको उक्त निर्देशन धेरै बैंकहरुले पालना गर्न आकाकानी गरेको खुलेको छ । मानवीय संवेदना गुमाउँदै बैंकहरुले छुट दिन आनाकानी गरेको पीडित ऋणीहरुको गुनासो छ । छुट दिने नाममा केही बैंकहरुले चैत्र महिनाका सावाँ ब्याज भुक्तानी गर्नेलाई बैशाख महिनामा छुट दिने भन्दै छुट दिन इन्कार गरेको हो । त्यस्तै केहीले कृषि कर्जामा मात्रै छुट दिने नीति अख्तियार गरेको पाइएको छ । त्यस्तै केहीले ओभरड्राफ्ट कर्जामा छुट नदिने निर्णय गरेको खुलेको छ ।

Prabhu
Crest

केन्द्रीय बैंकको निर्देशन अक्षरस पालना गर्नुपर्नेमा थुप्रै बैंकहरुले विभिन्न बाहनामा लकडाउनका बीचमा कर्जाको भुक्तानी गर्नेलाई छुट दिन आनाकानी गरेपछि कोरोना महामारीबाट पीडित भएकाहरुले राहत पाउन सकेनन् । कतिपय बैंकले कर्जामा छुट पनि नदिने र ऋणीको बैंक खातामा रहेको रकम सिष्टमले काट्यो भन्दै आफै तानेर सावाँ ब्याज भुक्तानी गरेको गुनासो समेत उद्योगी व्यवसायीहरुले गरेका छन् ।

यसैबीच, सिद्धार्थ बैंकले ब्याजदर घटाएको छ । कोरोना महामारीका कारण राहत दिन भन्दै सो बैंकले ब्याजदर घटाएको हो । तर, बैंकले बचतको मात्रै ब्याजदर घटाएको हो । ऋणको ब्याजदर भने जेठबाट मात्रै घट्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS