काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेल पे बिच रेमिटान्स कारोबार सुरु भएको छ ।उक्त सम्झौता पत्रमा सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पे का तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरका हुन् ।
सम्झौता अनुसार सेल पे प्रयोगकर्ताहरुले वेब र मोबाइल एप प्रयोग गरी सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७ शजार ५ सय भन्दा बढि एजेन्टहरु मार्फत आन्तरिक विप्रेषण पठाउन सक्नेछन् ।यसका लागी मोबाइल वालेटको आवश्यक नपर्ने र विप्रेषण बापतको रकम सेल पेमा आबद्व भएको बैंक खाताबाट स्वतः डेबिट हुनेछ । सेल पे मार्फत हुने भुक्तानी सेवाहरु पनि प्रयोग गर्न सकिन्छ ।