IME Life New

वर्ष २०७६ शेयर बजारको लागि कस्तो रह्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कोरोना भाइरसको कारणले गर्दा वर्ष २०७६ को चैत्र महिनामा नेपाली शेयर बजारमा प्रभाव परेको छ । नेप्सेको अनलाइन कारोवार प्रणाली पूर्ण रुपमा स्वचालित नहुँदा लकडाउनमा शेयर कारोवार हुन सकेन । चैत्र ९ गते नेप्सेमा वर्ष २०७६ को अन्तिम शेयर कारोवार भएको थियो ।

Esewa
Crest

वर्ष २०७५ मा नेप्से परिसूचक ११८४ दशमवल ०२ को विन्दुमा बन्द भएको थियो भने वर्ष २०७६ मा नेप्से परिसूचक १२५१ दशमलव ४५ को विन्दुमा बन्द भएको छ। यो वर्ष नेप्से परिसुचक ६७ विन्दु बढेको छ। नेप्से परिसूचकलाई आधार मान्दा दोश्रो बजारमा ५ दशमलव ७० प्रतिशतको वृद्धि देखिएको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स ६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ भने फ्लोट इन्डेक्स १ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ र सेन्सेटिभ फ्लोट इन्डेक्स १० दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ।

वर्ष २०७६मा उच्च विन्दु र न्यून विन्दुमा बजार बन्द भएको दिन ?
यो वर्ष फागुन १५ गते नेप्से परिसूचक १६३२ दशमलव १८ को विन्दुमा बन्द भएको थियो भने मंसिर १० गते ११०९ दशमलव १७ मा बजार बन्द भएको थियो ।

नोट : २०७५ को अन्तिम कारोवार दिन ट्रेडिङ्ग उपसूचकका कम्पनीको कारोवार नभएकोले २०७५ चैत्र २१ गतेको तथ्यांक लगिएको हो। 

कुन उपसूचक घटे ?
उपसूचकको कुरा गर्ने हो भने यो वर्ष ४ उपसूचकमा गिरावट आएको छ । सबै भन्दा धेरै हाईड्रोपावर उपसुचकमा १८ दशमलव ०६ प्रतिशतको गिरावट आएको छ। त्यस्तै होटल उपसुचकमा ९ दशमलव ६० प्रतिशतको गिरावट आएको छ। निर्जीवन बीमा उपसुचक ३ दशमल ०२ प्रतिशतले घट्दा अन्य उपसुचकमा ३ दशमल ६५ प्रतिशतको गिरावट आएको छ।

कुन उपसूचक बढे ?
यो वर्ष सबै भन्दा धेरै ट्रेडिङ्ग उपसूचकमा २११ दशमलव ८५ प्रतिशतको वृद्धि देखिएको छ। वाणिज्य बैंक उपसूचक ३ दशमलव ९१, विकास बैंक उपसूचक १५ दशमलव ६३ प्रतिशत, फाइनान्स उपसूचक २ दशमलव ९१, जीवन बीमा उपसूचक १३ दशमलव ४५ , उत्पादन तथा प्रसोधन उपसूचक २४ दशमलव १०, लघुवित्त उपसूचक ४६ दशमलव ९६ प्रतिशतले बढेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS