काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ५ को सरकारलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
कोरोना रोगको रोकथाम तथा उपचारको लागी प्रदेश सरकारलाई सहयोग पुराउने उद्देश्यले कम्पनीले ५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।उक्त सहयोग कम्पनीको तर्फबाट विभागीय प्रबन्धक तथा बुटवल शाखा प्रबन्धक कृष्णकुमार पुरीले प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई शुक्रबार मुख्यमन्त्री कार्यालयमा हस्तान्तरण गरेको हो ।
कम्पनीले कोरोना उपचारको लागी प्रदेश सरकारको राहत कोषमा पाँच लाखको दरले सहयोग गर्ने पूर्व घोषणा अनुसार बिहीबार प्रदेश नम्बर १, गण्डकी प्रदेश र कर्णाली प्रदेश सरकारलाई सहयोग राशी बराबरको चेक हस्तान्तरण गरिसकेको छ ।