काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले प्रदेश नम्बर ५ को कोरोना मुख्यमन्त्री राहत कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकका अध्यक्ष टिकाराम घिमिरेले १० लाख रुपैयाँको चेक मुख्यमन्त्री शंकरप्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए । साथै बैंकले ५४ वटा शाखा कार्यालय रहेको स्थानीय तहमा समेत १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ ।
बैंकले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने कोषबाट र सम्पूर्ण कर्मचारीहरुको तर्फबाट एक दिनको पारिश्रमिक योगदान गरेका छन् ।
तिनाउ मिसन डेभलपमेन्ट बैंकद्धारा कोरोना कोष र राहत वितरणमा सहयोग

















