IME Life New

एनआईसी एशिया बैंकद्धारा खाद्य सामग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले प्रदेश १ का ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई ५ लाख रुपैयाँ बराबरको खाधान्न सामग्री वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई प्रदेश १ सरकारसँगको सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो ।बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले मुख्यमन्त्री शेरधन राईलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन ।

प्रदेश १ सरकारसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई थोरै भएपनि राहत मिल्ने बैंकको विश्वास रहेको छ । बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS