IME Life New

कोरोना उपचार कोषमा एक अर्व नौ करोड जम्मा, २२ वाणिज्य बैंकको २५.४ करोड सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग गर्न गठन भएको कोषमा १ अर्ब ९ करोड रुपैयाँ जम्मा भएको छ । नेपाल सरकारले गठन गरेको उक्त कोषमा हिजो बिहीबार एकैदिन ८४ करोड ५१ लाख ५० हजार रुपैंया जम्मा भएके थियो भने चैत १९ गते बुधबार २४ करोड ७३ लाख ७२ हजार रुपैंयामा जम्मा भएसँगै हिजो विहीबारसम्म उक्त कोषमा कुल १ अर्ब ९ करोड २५ लाख २२ हजार रुपैयाँ जम्मा भएको हो ।

उक्त कोषमा बिहीबार १७ वटा संस्थाहरुले सहयोग गरेका थिए । कर्मचारी संचय कोषले ३ करोड रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले १ करोड १ लाख, र घिमिरेले १ लाख रुपैंया, मीना बस्नेत र माधव कुमार बस्नेतको संयुक्त नाममा ५० हजार रुपैंयाँ, नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैंया, नेपाल आयल निगमले ५० करोड रुपैंया, सिटिजन्स बैंकले १ लाख रुपैंया, प्रभु बैंकले १ करोड १ लाख रुपैंया, एनएमबि बैंकले १ करोड ५१ लाख रुपैंया, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड रुपैंया, सीडीएस एण्ड क्लियरिङ लिमिटेडले ३५ लाख रुपैंया, नागरिक लगानी कोषले २ करोड रुपैंया, नेपाल स्टक एक्सचेञ्जले ३ करोड ५१ लाख रुपैंया, निक्षेप तथा कर्जा सुरक्षण कोषले ३र३ करोड रुपैंया, नेपाल फ्रेइट एण्ड फर्वाडर्स एशोसिएसनले ७ लाख रुपैंया, नेपाल धितोपत्र बोर्डले ३ करोड रुपैयाँ सहयोग गरेका छन् ।

उक्त कोषमा बिहीबार रकम जम्मा गर्ने १७ वटा कम्पनीहरुमध्ये सबैभन्दा धेरै नेपाल आयल निगमले ५० करोड रुपैयाँ जम्मा गरेको छ । त्यस्तै, संचालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २२ वटाले २५.४ करोड सहयोग गरेका छन् । अन्य बैंकहरु भने सहयोगको तयारीमा जुटेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS